अधिकांश वाणिज्य बैंकहरुले निक्षेपकाे ब्याजदर घटाए

-



     सफल आवाज    
     श्रावण ३२ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३२ साउन । हाल संचालनमा रहेका अधिकांश वाणिज्य बैंकहरुले भदौ महिनाका लागि निक्षेपकाे ब्याजदर घटाएका छन् । अघिल्लो महिनाको अन्तिम दिन अगावै ब्याजदर तोक्नुपर्ने व्यवस्था अनुसार नयाँ ब्याजदर सार्वजनिक भएकाे हाे । हाल बैंकहरुको औसत ब्याजदर ६.७३ प्रतिशतबाट ०.१८ बिन्दुले घटेर ६.५६ प्रतिशत कायम भएको छ ।

सञ्चालनमा रहेका २० मध्ये सिटिजन्स र प्राइम बैकले मात्र ब्याजदर बढाएका हुन् । ग्लोबल आईएमई, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल र स्ट्यान्डर्डले ब्याजदर यथावत राख्दा अरु १२ बैंकले ब्याजदर घटाएका हुन् । बिभिन्न् दैनिकमा प्रकाशित सुचनाअनुसार सबैभन्दा कम ब्याज दिने बैंक नेपाल बैंक भएकाे छ ।

निक्षेपमा सबैभन्दा बढी ब्याज एनआईसी एशिया र एनएमबि बैंकले ७.४१ प्रतिशत दिने भएका छन । यी बैंकले साउनको तुलनामा ब्याजदर ०.१२ प्रतिशत बिन्दुले घटाएका छन ।