राष्ट्र बैंकद्वारा विभिन्न तहमा कर्मचारी माग, कहिलेसम्म दिने आवेदन ?

-



     सफल आवाज    
     श्रावण ३२ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३२ साउन । नेपाल राष्ट्र बैंकले विभिन्न तहका लागि ५२ जना कर्मचारीहरु माग गरेको छ ।

बैंकले प्रकाशन गरेकाे सूचना अनुसार अधिकृत तृतीय तहमा सहायक निर्देशक पदका लागि ३४ जना माग गरिएकाे छ । यस्तै सहायक द्धितीय तहका लागि १३ जना र सहायक (सूचना प्रविधि) का लागि ५ जना कर्मचारी माग गरेको छ । 

सूचनामा जनाइए अनुसार सहायक निर्देशकका लागि न्यूनतम योग्यता स्नातकोत्तर रहेकाे छ । सहायक द्वितीय पदका लागि दश जाेड दुइ उत्तीर्ण भएकाे हुनुपर्नेछ ।

यस्तै सहायक (सूचना प्रविधि) का लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्पुटर इन्जिनियरिङ लगायतका प्राविधिक विषयमा ३ वर्षे डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्ने जनाइएकाे छ । 

साे पदहरुका लागि भदौ २० गतेसम्म आवेदन दिन पाइनेछ । योग्य नेपाली नागरिकले बैंकको वेबसाइटबाट अनलाइन फारम भर्न सक्ने बै‌कले जनाएकाे छ।