
पाेखरा, १ भदौ । पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २८ र २९ गते हुने ७० औं अधिवेशन तथा ३५ औं महाधिवेशनका लागि अर्जुन पोखरेल समूहले शनिबार आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।
पोखरेल समूहले पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर पूर्व अध्यक्षहरुको साथ सहयोग, सल्लाह लिएर पदाधिकारी घोषणासहित निर्वाचनका होमिएको बताएकाे छ ।
अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरालाई जिवन्त शहर र आर्थिक गतिविधिको केन्द्रको रुपमा व्यवस्थित बनाउन पोखरा उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण रहेको बताए ।
पत्रकार सम्मेलनमा पोखरेलले भने, हाल व्यवसायीले व्यवसायलाई निरन्तरता दिन सकिरहेका छैनन् । घरभाडा, तलब, ब्याज र कर तिर्नका लागि पनि ऋण लिनुपर्ने अवस्था रहेको छ । यी समस्या समाधानका लागि संघको नेतृत्वमा पुग्न आवश्यक मनन गरेको पोखरेलले बताए।
कृषिको लागत उठाउन गाह्रो भईरहेको छ । फलफूल तथा कृषि उत्पादनमा बिचौलियाको हाबीलाई हटाउनु, घरधनीका घर, सटर खालि हुनु, समयमा बहाल नउठ्ने लगायतका समस्याहरु भएकोले संघले यस्तो दुष्चक्रलाई हटाउन पहल गर्नै पर्ने बताए ।
अध्यक्षका प्रत्यासी पोखरेलले अन्य क्षेत्रका भन्दा पोखराका व्यवसायी धेरै मारमा परेको बताउदै आर्थिक मन्दिको कारण उद्योग, वाणिज्य क्षेत्र, पर्यटन लगायताका क्षेत्रहरु आक्रान्त भएको बताए । पोखरामा अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान नहुँदा आर्थिक लाभ पाउने आशा कमजोर भएको तथा जिर्ण अवस्थामा रहेका राजमार्गको कारण यातायात व्यवसायी, सर्वसाधारण र पर्यटनमा असर परिरहेको बताए ।
संघको सामु आएका विद्यामान समस्याहरुको समाधानको लागि संघको नेतृत्वदायी भूमिका हुनुपर्ने पोखरेल समूहको भनाई छ । पोखरेलले संघप्रति घट्दै गएको व्यवसायीको मनोबल बढाउनै पर्ने र ऋण तिर्न नसकेर थला परेका तथा कालो सूचीमा रहेका व्यवसायीहरुको समस्याको हल गर्न आवश्यक देखिएको बताए ।
पोखरेलले बैंक र सरकारलाई आवश्यक परेको खण्डमा ब्याजमा छुटका लागि शसक्त आवाज उठाउन र जेठो संस्था भएकोले पोखरेलीको अपनत्व हुनेगरी महशुस गराउन अनि साझा संस्थाको रुपमा विकास गर्नु प्रमुख दायीत्व भएको बताए ।
पदाधिकारी सार्वजनिक
सो अवसरमा पोखरेल समूहले पदाधिकारीहरू समेत सार्वजनिक गरेकाे छ । जसअनुसार अध्यक्षमा अर्जुन पोखरेल, वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, दितिय उपाध्यक्षमा उद्योगतर्फ दिनेश वास्तोला र वाणिज्यतर्फ उपाध्यक्षमा बलराम आचार्य रहेका छन् । महासचिवमा शाेभा गाैतम, यस्तै कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ र उपमहासचिवका लागि बालकृष्ण कोईराला प्रतिष्पर्धामा उत्रिने भएका छन् ।
गएको निर्वाचनमा सानदार मत पाएर जितको नजिक पुगेका पोखरेल यसपालि नतिजा र नेतृत्व आफ्नै समूहको हुनेमा आशंका नभएको बताए । उनले भने, अग्रज तथा पूर्व अध्यक्षहरुले एक मतले साथ र सहयोग गर्ने बताईसकेकोले आफ्नो टीम ढुक्क भएर निर्वाचनमा होमिएको बताए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




