मकर जितुमाया सुरी हाइड्रोपावरको नोक्सानी घट्याे

-



     सफल आवाज    
     भाद्र २ गते २०८१ मा प्रकाशित



काठमाडौं, २ भदाै । मकर जितुमाया सुरी हाइड्रोपावरको नोक्सानीमा कमि देखिएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार रूपैयाँ ३६ लाख ६० हजार नोक्सानी भएकाे छ ।

कम्पनीमा अघिल्लो आर्थिक वर्षको साेहि अवधिमा रूपैयाँ १ करोड १४ लाख ७० हजार नोक्सनी भएकाे थियो । कम्पनीकाे विद्युत् बिक्रीबाट हुने आम्दानीमा भएकाे बृद्धिसँगै नोक्सानीमा कमि भएकाे हो ।

विद्युत् बिक्रीबाट हुने आम्दानीमा ५७.७२ प्रतिशतले बढेकाे छ । यसरी बढ्दा २५ करोड ९१ लाख ५८ हजार रुपैयाँ पुगेकाे छ ।

अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट रूपैयाँ १६ करोड ४३ लाख १५ हजार आम्दानी गरेको थियो । सञ्चालन आम्दानी रूपैयाँ मा १५ करोड ६० लाख १२ हजार रहेको छ ।

चुक्ता पुँजी गएकाेअसार मसान्तसम्म रूपैयाँ ७६ करोड रहेकाे छ भने एपीएस आम्दानी ४८ पैसा ऋणात्मक रहेकाे छ । नेटवर्थ ९२ रुपैयाँ ९१ पैसा रहेकाे छ ।