सुनमा रु ३ सयले गिरावट, चाँदीको भाउ स्थिर

-



     सफल आवाज    
     भाद्र ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ भदौ । सुनको भाउ बढेर हालसम्मकै उच्च विन्दुमा रहेकोमा आज भने रुपैयाँ ३ सयले घटेको छ । चाँदीको भाउ यसदिन स्थिर रहेको छ ।

साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ रुपैयाँ ३ सयले घटेको र चाँदीको भाउ सिथर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन सेतो धातु चाँदीको भाउ स्थिर रहेको छ । यसरी भाउ स्थिर रहेर तोलाको १ हजार ८ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि चाँदी सोहि भाउमा कारोबार भएको थियो ।