आज अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यको कति ?

-



     सफल आवाज    
     भाद्र ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर घटेको छ । साथै यूरोसहित अन्य केहीको भाउ पनि घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ९० पैसा र बिक्रिदर १ सय ३४ रुपैयाँ ५० पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ ४३ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय १७३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १ सय ७४ रुपैयाँ १३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ५५ रुपैयाँ ५४ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर १०२ रुपैयाँ १८ पैसा बिक्रीदर १०२ रुपैयाँ ६४ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः