आज अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो

-



     सफल आवाज    
     भाद्र ५ गते २०८१ मा प्रकाशित



काठमाडौं, ५ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ घटेको छ । यूरोको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ७८ पैसा र बिक्रिदर १ सय ३४ रुपैयाँ ३८ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४८ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ ८५ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय १७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय ७४ रुपैयाँ ६३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५५ रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ ३० पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ २६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर १०२ रुपैयाँ ६ पैसा बिक्रीदर १०२ रुपैयाँ ७२ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः