नेपाल पुनर्बीमा कम्पनीमा लगानीकाे अवसर, संस्थापक सेयर खरिदका लागि आवेदन माग

-



     सफल आवाज    
     भाद्र ५ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ५ भदाै । नेपाल पुनर्बीमा कम्पनीले ७ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । विशाल ग्रुपकाे स्वामित्वमा रहेको ७ लाख कित्ता सेयर लिलाम बिक्री गरिने भएकाे हाे ।

सेयरमा विद्यमान संस्थापकहरुले आवेदन दिन पाउनेछन्। यसका लागि आजदेखि असोज ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिने बताइएकाे छ।

कम्पनीले सेयरको न्यूनतम मूल्य ४५० रुपैयाँ तोकेको छ। सेयर खरिद गर्न चाहनेले ताेकिएकाे मूल्यभन्दा बढी मूल्य राखेर आवेदन दिन सक्नेछन्। बोलकबोलमा सामेल हुनेले घटीमा १ लाख कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन पाउनेछन्।

विद्यमान संस्थापकहरुले बिक्री प्रबन्धकको कार्यालय रहेकाे ट्रेड टावर, थापाथलीमा बोलपत्रकाे आवेदन बुझाउन सक्ने भएका छन्। सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।