सुनमा तोलाको ११ सयले गिरावट, चाँदी पनि घट्यो

-



     सफल आवाज    
     भाद्र ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ११ सय तथा चाँदीमा रुपैयाँ ५ ले घटेको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ ११ सयले घटेर तोलाको १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । जो हाल सम्मकै उच्च रेकर्ड थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।