नेप्सेमा ६.०१ अंकको बृद्धि, १९ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     भाद्र ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ भदौ । केहि दिन करेक्सन देखिएको सेयर बजारमा बिस्तारै उकालो लाग्ने संकेत पुनः देखिएको छ । बजारमा दबाब भईरहेको भएपनि बैंकहरुमा निरन्तर ब्याजदर घटिरहेको र तरलता धेरै भएको कारण यसले सेयर बजार उकालो लाग्न सहयोग पुगेको छ ।

यतिबेला सरकारपनि सेयरबजार र लगानीकर्ताप्रति नरम बनिरहेकाे छ । अझैं नीतिगत रुपमा सुधार र क्षमतायुक्त नेतृत्वदायी भूमिका पाउने हो भने केहि करेक्सनका बाबजुद बजार सकारात्मक लयमा जाने आकलन भईरहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ मा अडिएको छ । उसो त आजै १२.४५ बजेको समयमा ३ हजारको विन्दु क्रस नगरेको होईन ।

त्यसपछि उतारचढाबका बाबजुद नेप्से बजार बन्द हुँदाको समयमा २९७४.४६ विन्दुमा गएर रोकियो । नेप्सेमा ०.२० प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ३.७५ अंकले बढेर ५३३.८६ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ७ वटमा हरियो लागेको छ । बाँकी रहेका ६ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३३३ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता सेयरको खरिदबिक्रीबाट १९ अर्ब १६ करोड ६ लाख ५२ हजार ८५ रुपैयाँ ५ट पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको १ अर्ब ३ करोड ९३ लाख ४१ हजार ५४३ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै तारागाउँ रिजेन्सि होटल लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै १०.२५ प्रतिशत एसबिएल डिबेन्चर २०८३ को सेयरमूल्य घटेको छ । सो सेयरमूल्य १० प्रतिशतले घटेको छ ।