
काठमाडौं, ७ भदाै । नेसनल लाइफ इन्स्याेरेन्सको वार्षिक साधारण सभा आज सम्पन्न भएकाे छ । सभा कम्पनीकाे केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजेबाट बसेकाे हाे ।
सभाबाट अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १०.७४ प्रतिशत नगद लाभांशसहित १०.७४ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन भएकाे छ ।
सभामाआर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानका बारेमा छलफल भएकाे थियाे । त्यस्तै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक समेत ताेकिएकाे बताइएकाे छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि साउन २४ गते बुक क्लोज गरेकाे थियाे । लाभांश पाउनका लागि सेयरधनीहरुले साउन २३ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्ने बताएकाे छ ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




