
काठमाडौं, ७ भदाै । सनराइज फर्स्ट म्युचुअल फण्डको इकाईमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ।
प्रतिफल वितरण प्रयोजनका लागि फण्डले बुकक्लोज गरेपछि मूलय समायोजन गरेर नयाँ मूल्य ताेकिएकाे हो।
फण्डको १२.५० प्रतिशत नगद लाभांश समायोजन गरिएको हो। समायोजन गरेपछि फण्डको इकाईमूल्य १० रुपैयाँ ७२ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो बिहिबार काराेबार भएकाे अन्तिम मूल्यकाे आधारमा फण्डको इकाईमूल्य समायोजन गरेको जनाएकाे छ ।बिहीबार फण्डको इकाई ११ रुपैयाँ ९७ पैसामा अन्तिम कारोबार भएको हो।
अब समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा फण्डको इकाईकाे कारोबार खुल्ने भएकाे छ।









काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




