नेप्से परिसूचक ७ अंकले बढ्याे, ६ अर्ब ८६ करोडको कारोबार

-



     सफल आवाज    
     पौष ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, ८ पुस । बुधबार शेयर बजार ७ दशमलव ०४ अंकले बढेर २ हजार ६८ दशमलव ४५ अंक्मा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सिेटिभ इन्डेक्स भने १.२४ अंकले ओरालो लागेको छ ।

समग्रमा नेप्से परिसूचक बढेपनि व्यापार, होटल विकास बैंक, हाइड्रोपावर, फाइनान्स लगायतका अधिकांश सव–इन्डेक्शहरु घटेर राताम्मे देखिएका छन् । बुधबार बैंकिङ २४ दशमलव २७ अंकले, जीवन बिमा ३९४ दशमलव ०७ र म्युचुअल फण्ड ०ं०७ अंकले बढेका छन् ।

कारोबार रकम भने करिब ७ अर्ब नजिक देखिएको छ । दिनभर भएका ५१ हजार ३ सय २ वटा कारोबारबाट २०३ कम्पनीका १ करोड १५ लाख ५८ हजार ९ सय ९१ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ६ अर्ब ८६ करोड२४ लाख ४५ हजार २ सय १५ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बुधबार धेरै कमाउनेमा नविल बैंकका लगानीकर्ता पहिलो नम्बरमा देखिएका छन् ।