अपी पावरले गर्याे लाभांश घोषणा

-



     सफल आवाज    
     भाद्र ८ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ८ भदाै । अपी पावर कम्पनीले सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले साे निर्णय गरेकाे हाे।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को खुद नाफाबाट ९.४७३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। यसअनुसार कम्पनीले ९ प्रतिशत बोनस सेयर तथा ०.४७३७ प्रतिशत नगद लाभांशसहित ९.४७३७ प्रतिशत लाभांश वितरण गर्ने भएकाे हाे ।

कम्पनीले घाेषणा गरेकाे लाभांश विद्युत नियमन आयोगको स्वीकृति दिएपछि र कम्पनीकाे वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिने भएकाे छ ।