
ललितपुर, ८ भाद्र । ललितपुरकाे हरिहरभवन पुल्चाेकमा केन्द्रीय कार्यालय रहेकाे गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले ललितपुर महानगरपालिका वडा नं.२ मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ ।
महिलाहरुलाइ वित्तीय जानकारी अभिबृद्धिका लागि शुक्रबार बचत तथा लगानी, बजेट निर्माण एंव पारिवारिक खर्च व्यवस्थापन, डिजिटल बैंकिङ्ग, विप्रेषण सेवा, शेयर कारोवार र सि–आस्वा, लघु उद्यम तथा व्यवसाय, बैंकिङ्ग कर्जा, बैंक खाता, बिमा लगायत बिषयमा जानकारी दिने उदेश्यले वित्तीय साक्षरता कार्यक्रम गरिएकाे फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएकाे वित्तीय साक्षरता कार्यक्रममा नेशनल ईन्स्टिच्युट फर करियर डेभेलपमेन्ट तर्फबाट प्रतिनिधि, यस संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी,सहायक महाप्रबन्धक श्रीमती अर्चना प्रधान तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यस संस्थाले विगत देखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्य गर्दै आईरहेकोे छ । आगामी दिनहरुमा पनि यस्ता सहयोग कार्यलाई निरन्तरता दिने कुरामा संस्था प्रतिबद्व रहेकाे बताइएकाे छ ।
संस्थाले हाल मुलुकभरका २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी ए.टि.एम सेवा, कबाभ मभउयकष्त लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आएको जनाइएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




