
काठमाडौं, ८ भदाै । नेपाल राष्ट्र बैंकले पाँचवटा रेमिट्यान्स कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको जानकारी गराएकाे छ ।
राष्ट्र बैंकले सूचना जारी गर्दै लाजिम्पाट, काठमाडाैंमा रहेकाे राम्रो रेमिट, गाैशालामा रहेकाे ग्लोबल माउन्टेन रेमिट, दरबारमार्गमा रहेकाे संसार रेमिट, न्यूराेडमा रहेकाे ललित मनी ट्रान्सफर र अनामनगरमा रहेकाे माक्स मनी ट्रान्सफरको लाइसेन्स स्वतः खारेज भएको जनाएकाे छ ।

राष्ट्र बैंकले कम्पनीहरुको नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९ (प्रथम संसोधनसहित) को विनियम १३ को उप – विनियम (१०) को खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्ड (क) र (ग) बमोजिम स्वतः खारेज भएको जनाएको छ ।
बैंकले विप्रेषण कम्पनीहरुसँग कोही कसैको लेनदेन वा हिसाव बाँकी भएमा आगामी ३५ दिनभित्र राष्ट्र बैंकमा जानकारी दिन आग्रह पनि गरेको छ ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




