
काठमाडौं, ९ भदाै । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आयात तथा बिक्री वितरण सम्वन्धि कार्यविधि २०६८’ तत्काल परिमार्जन गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
महासंघका अध्यक्ष अर्जुन रसाइलीको नेतृत्वमा गएको टोलीले साे कार्यविधि परिमार्जन गरेर समसामयिक बनाउन माग गरेकाे छ । अध्यक्ष रसाइलीले राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाललाई १४ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।
२०६८ सालमा जारी भएको ‘सुन आयात तथा बिक्री वितरण सम्वन्धि कार्यविधि २०६८’ अव्यवहारिक भएको महासंघले जनाएकाे छ । उक्त समयदेखि सुनचाँदी व्यवसायीका समस्याहरू सम्बोधन गर्न नसकेको उनले बताएका छन् । महासंघले व्यवसायीका समस्याहरू समाधान गर्न व्यवसायीमैत्री विधि ल्याउन माग गरेकाे छ ।
मागपत्र बुझ्दै बैंकका कार्यकारी निर्देशक नेपालले महासंघका मागलाई गम्भिर रूपमा लिएकाे र समाधानका लागि उचित पहल आफूले पहल गर्ने आश्वासन दिए ।
व्यवसायीले बजारको मागअनुसार सुनको आपूर्ति नहुँदा समस्यामा परेका छन् । अध्यक्ष रसाइलीले भने, बैंकले हामीलाई पर्याप्त मात्रामा सुनको आपूर्ति व्यवस्था गर्नुपर्छ । उनले सदस्य संख्या र पान नम्वरको आधारमा सुनको वितरणकाे व्यवस्था गर्न आग्रह गरे ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




