आज सुनमा रु १ हजारले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     भाद्र ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ भदौ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ ३५ ले भाउ बढेको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा रुपैयाँ ३५ ले भाउ बढेर तोलाको १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।