प्रि ओपन सेसन : नेप्सेमा १२.६० अंककाे बृद्धि

-



     सफल आवाज    
     भाद्र ९ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ९ भदाै । साताको सेयर काराेबार हुने पहिलो दिन आइतबार आज सेयर बजारकाे लय सकारात्मक भएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार प्रि ओपन सेसनमा नेप्से परिसूचक १२.६० अंकले बढेको छ।

साताकाे अन्तिम काराेबार भएकाे दिन बिहीबार नेप्सेमा ६.०१ अंककाे बृद्धि भएर २९७४.४६ विन्दुमा अडिएकाे थियाे । आजकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक १२.६० अंक बढेर २९८७.०६ विन्दुमा रहेकाे छ। सेन्सेटिभ इण्डेक्स २.३४ अंकले बढेको छ।

यस प्रि ओपन सेसनमा १०७ वटा कम्पनीहरूकाे सेयर काराेबार भएकाे छ । उनीहरूकाे ३७८ पटकको कारोबारमा रूपैयाँ २ करोड ४९ लाख ८१ हजार ३३६ रुपैयाँ ७० पैसा बराबरको काराेबार भएकाे छ । यस क्रममा ५१ हजार ११० कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्सेका अनुसार ६७ वटा कम्पनीहरूकाे सेयरमूल्य बढेको छ । १८ वटाकाे सेयर मूल्य घटेको छ। बाँकी रहेका २२ वटाको सेयरमूल्यमा परिवर्तन भएकाे छैन ।