आज सार्वजनिक विदा: सेयर बजार, बैंक-वित्तीय संस्था बन्द

-



     सफल आवाज    
     भाद्र १० गते २०८१ मा प्रकाशित



काठमाडौं, १० भदाै । सार्बजनिक बिदाकाे कारण आज सेयर बजार तथा बैंक–वित्तीय संस्थाकाे काराेबार बन्द हुने भएकाे छ ।

श्री कृष्ण जन्माष्टमीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको कारण सरकारी कार्यालय र सेयर बजार, बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएका हुन्।

बिदापछि अब सेयर बजारकाे काराेबार भाेलि मंगलबार बिहान ११ बजे खुल्नेछ । बैंक–वित्तीय संस्थाहरु पनि मंगलबार नै नियमितरुपमा सन्चालनमा आउनेछन् ।