
काठमाडाैं, १० भदाै । गोरक्ष हाइड्रोपावरले सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेकाे छ । यसैकाे प्रयाेजनका लागि कम्पनीले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक बोलाएको छ ।
सञ्चालक समितिको भदौ ४ गते बसेको बैठकले सेयर निष्कासनकाे प्रस्ताव पारित गर्न असोज ३ गते दुई आर्थिक वर्षको वार्षिक साधारणसभा डाकेकाे हो । कम्पनीकाे सभा काठमाडौं बत्तिसपुतलीमा रहेकाे होटल इम्पेरियलमा पूर्वान्ह ११ बजे डाकिएकाे छ ।
सभामा आर्थिक वर्ष २०७९र८० र २०८०र८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र वित्तीय विषयहरूमाथि छलफल गरी पारित गरिने भएकाे छ । सभामा लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक तोकिने भएकाे छ ।
सभामा अधिकृत पुँजी वृद्धि गरी रूपैयाँ १ अर्ब ५० करोड पुर्याइने भएकाे छ । जारी पुँजी रूपैयाँ १ अर्ब ३० करोड पुर्याइने भएकाे छ । यसकाे १० प्रतिशतले हुने सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि रहेकाे छ ।
१५ प्रतिशत सेयर संस्थाका कर्मचारी र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासनको प्रस्ताव पेश हुनेछ ।
सभाले संस्थापक समूहमध्येबाट ३ जना तथा १ जना व्यावसायिक विशेषज्ञलाई सञ्चालक चयन गर्ने भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




