एसियन लाइफको संस्थापक सेयरमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     भाद्र ११ गते २०८१ मा प्रकाशित



काठमाडौं, ११ भदाै । एसियन लाइफ इन्स्याेरेन्सकाे संस्थापक सेयर लिलामीका लागि आवेदन बुझाउने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले साउन ३२ गतेदेखि आवेदन खुल्ला गरेकाे थियाे ।

कम्पनीले ५ लाख ३० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएकाे थियाे । यसमा आज कार्यालय खुल्ने अवधिभर आवेदन दिन पाइनेछ ।

सेयर लिलामीमा आवेदन दिन चाहने व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्ने भएका छन् । सेयरकाे मूल्य प्रतिकित्ता रूपैयाँ २७५ रुपैयाँ तोकिएको छ ।

यसमा लगानी गर्न चाहने लगानीकर्ताले ताेकिएकाे मूल्यलाइ आधार मानेर बढी मूल्य राखेर सरिक हुन पाउनेछन् । यसमा घटीमा २ लाख तथा बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिन चाहने लगानीकर्ताले सेयर बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा बोलपत्र पठाउनु पर्नेछ।