
काठमाडौं, ११ भदौ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा भारी मात्राको गिरावट भएको छ ।
एउटा बाहेक सबै सूचकहरु राताम्मै भएका छन् । कारोबार रकम भने सन्तोषजनक नै रहेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.९६ अंकले घटेर २७८२.६० विन्दुमा झरेको छ । नेप्सेमा ३.८६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २२.८७ अंकले घटेर ४९६.४७ विन्दुमा रहेको छ ।
यसदिन १३ वटा उपसमूहहरुमध्ये एक हाेटल तथा पर्यटन उपसमूह बाहेक सबै राताम्मै भएका छन् । कुल ३३० कम्पनीहरुको सेयर कारोबार भएको छ ।
उनीहरुको ४ करोड ३८ लाख ६८ हजार ९ सय ७० कित्ता सेयरको कारोबार भएको छ । यसबाट १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० रुपैयाँ ३५ पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको ६५ करोड ४२ लाख ९ हजार ५८२ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी तारागाउँ रिजेन्सि होटल लिमिटेडको सेयरमूल्य बढेको छ । सो होटलको कारोबार १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




