प्रिमियर स्टीलको ब्राण्ड एम्बेसेडरमा पुन: क्रिकेटर पारस खड्का

-



     सफल आवाज    
     भाद्र १२ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १२ भदाै । नेपालको प्रतिष्ठित स्टील कंपनी प्रिमियर स्टीलले क्रिकेटर पारस खड्कालाई पुन: ब्राण्ड एम्बेसेडरमा नियुक्त गरेकाे छ।

मंगलबार काठमाडाैमा आयोजित एक समारोहमा प्रिमियर स्टीलका अध्यक्ष शिव रतन सारडाले राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाइ ब्राण्ड एम्बेसेडरमा नियुक्त गरेकाे बताएका थिए । खड्कालाई १ बर्षका लागि पुन: ब्राण्ड एम्बेसेडर बनाइएको बताइएकाे छ।

नेपालमा स्टील उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनी मध्येकाे एक प्रिमियर स्टीलकाे ब्राण्ड एम्बेसेडरमा नियुक्त भएपछि अब पारस खड्काले प्रिमियर स्टीलका सबै उत्पादनहरूकाे ब्राण्डिङमा अगवुाई गर्नेछन ।

प्रिमियर स्टीलसँग फेरी अनुबन्धित हुन पाएकाेमा खुसी ब्यक्त गर्दै क्रिकेटर खड्काले याे ब्राण्डकाे बजार बिस्तारमा सक्रियताका साथ लाग्ने बताए ।

गुणस्तरीय उत्पादनको लक्ष्यका साथ स्थापित प्रिमियर स्टीलले हालसम्म देशभर ५०० भन्दा बढि रिटेल आउटलेट खोल्न सफल भएको कंपनीले दाबी गरेको छ ।

नेपालका ठुला बिकासका आयाेजनाहरूमा समेत प्रिमियर स्टीलकाे माग बढ्न थालेकाे छ । साथै हाइड्राेपावर, हाउजिङ पुल, व्यबसायिक कम्प्लेक्सहरूकाे निर्माणमा समेत प्रिमियर स्टील प्रयाेग भइरहेकाे कंपनीले जनाएकाे छ ।