
काठमाडौं, १२ भदौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलले आयोजनाको छनोट र त्यसको कार्यान्वयनमा सही बजेट व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै पौडेलले बहुउद्देश्यीय योजनासमेत काटछाँट गर्न जरुरी रहेको जानकारी गराए।
सभामा मन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भनी राख्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
सांसद राजेन्द्रकुमार केसी, जुलीकुमारी, वासुदेव घिमिरे, दामोदर पौडेल वैरागी, स्वर्णीम वाग्ले, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सोविता गौतम, मनिष झा, रोशन कार्की, प्रतिमा गौतम, देवेन्द्र पौडेल, सुमना श्रेष्ठ, प्रतिमा गौतम, माधव सापकोटा, मनिष झा, कुसुमदेवी थापा, सोविता गौतम, नागिना यादव, दयालबहादुर शाही, नारायणी शर्मा, अच्युतप्रसाद मैनाली, प्रेम सुवाललगायतले विधेयकमाथि विचार राखेका थिए ।








काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण… 




