बिहिबार सुनको भाउमा सामान्य बृद्धि, चाँदीमा गिरावट

-



     सफल आवाज    
     भाद्र १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनमा रुपैयाँ १ सयले बढेको जानकारी दिएको छ । चाँदीमा भने रुपैयाँ २५ ले गिरावट भएको छ ।

छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ २५ ले घटेर तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।