शुक्रबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     भाद्र १४ गते २०८१ मा प्रकाशित



काठमाडौं, १४ भदौ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सय र चाँदीमा रुपैयाँ १० ले गिरावट भएको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ १० ले घटेर तोलाको १ हजार ८ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।