आँखुखोला जलविद्युतकाे हकप्रदमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     भाद्र १६ गते २०८१ मा प्रकाशित




काठमाडाैं, १६ भदाै । आँखुखोला जलविद्युत कम्पनीकाे हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साउन २७ गतेदेखि हाल कायम रहेकाे चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियाे ।

कम्पनीले हाल कायम रहेकाे १० कित्ता बराबर नयाँ १५ कित्ता रेसियाेमा हकप्रद जारि गरेको हो। लगानीकर्ताले रूपैयाँ १ अर्ब २० करोड बराबरको प्रतिसेयर रूपैयाँ १०० काे दरमा १ करोड २० लाख कित्तामा आवेदन दिन सक्नेछन् ।

कम्पनीले साउन १ गते बुकक्लोज गरिसकेकाे छ । हकप्रदमा लगानीका लागि असार ३१ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरु आवेदन दिन याेग्य मानिनेछन्।

सेयरमा लगानीका लागि बिक्री प्रबन्धक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका सिआस्वा सेवामा सहभागी भएका बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो सेयर अनलाइनबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको चुक्ता पूँजी रूपैयाँ८० करोड रहेको छ। हकप्रद बिक्रीपछि चुक्ता पूँजी रूपैयाँ २ अर्ब पुग्ने भएकाे छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।