तीनवटै सानिमा म्युचुअल फण्डको लाभांश घोषणा

-



     सफल आवाज    
     भाद्र १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ भदाै । सानिमा क्यापिटलले व्यवस्थापनमा संचालनमा रहेका तीनवटा म्युचुअल फन्डकाे लाभांश घोषणा भएको गरिएकाे । 

लाभांश घाेषणा गरिएका म्युचुअल फन्डहरूमा ‘सानिमा इक्विटी फन्ड’, ‘सानिमा लार्ज क्याप फन्ड’ र ‘सानिमा ग्रोथ फन्ड’ रहेका छन्। 

सानिमा क्यापिटलले गएकाे वर्षको नाफाबाट सानिमा इक्विटी फन्डका इकाईधनीहरुका लागि १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरुका लागि १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीहरूकालागि १० प्रतिशत लाभांश घाेषणा गरिएकाे थियाे ।

सानिमा क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे । जसकाे कोष प्रबर्धमा सानिमा बैंक रहेको छ। क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज कहिदे हुने जानकारी गराएकाे छैन ।