
काठमाडौं, १६ भदौ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा भारि गिरावट भएको छ ।
बजार खुल्दाको समयमा झिनो अंकको बढोत्तरी भएपनि बजार बन्द हुँदाको समयमा भने त्यसको ठीक उल्टो भईदिएको छ । कारोबार रकम पनि यसदिन अगाडीका दिनहरुको भन्दा केहि कमि देखिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ विन्दुमामा झरेको छ । नेप्सेमा १.९५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ८.९१ अंकले घटेर ४८०.८८ विन्दुमा झरेको छ ।
१३ उपसमूहहरुमध्ये म्युचुअल फण्डमा मात्रै हरियो लागेको छ । बाँकी रहेका १२ वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन कुल ३३७ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ ।
उनीहरुको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता सेयरको खरिदबिक्रीबाट १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३४९ रुपैयाँ ३२ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी गुडवील फाइनान्स लिमिटेडको कारोबार भएको छ । फाइनान्सको ५२ करोड ३१ लाख १० हजार ४९२ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सुपर माई हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा… 




