सुनचाँदी खरिद गर्दै हुनुहुन्छ ? यस्तो छ मंगलबारको भाउ

-



     सफल आवाज    
     भाद्र १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ भदौ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेर काराेबार हुँदैछ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारकै भाउ कायम भई साेहि भाउमा कारोबार भईरहेको छ ।

छापावाल सुन तोलाको १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावााल सुन तोलाको १ लाख ५२ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि स्थिर रहेर तोलाको १ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ७५ रुपैयाँमा नै कारोबार भएको थियो ।