सुपरमाई हाइड्रोपावरद्वारा १२.६३ प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     भाद्र १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ भदाै । सुपरमाई हाइड्रोपावरले आज १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूका लागि १२.६३ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको हाे ।

यस कम्पनीको भदौ १७ गते साँझ बसेको सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०८० २०८१ काे खुद नाफाबाट ७ प्रतिशत बोनस सेयर तथा ५.६३ प्रतिशत नगद लाभांशसहित साे लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

कम्पनीकाे साे प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृत गरेपछि तथा आगामी दशाैं साधारण सभाबाट अनुमाेदन भएपछि सेयरधनीलाई वितरण गरिने भएकाे छ ।