नेप्सेमा ६.९० अंकको बृद्धि, साढे १३ अर्बको कारोबार

- एनएलजी इन्स्योरेन्सकाे काराेबार अब्बल

-



     सफल आवाज    
     भाद्र १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ भदौ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्सेमा सामान्य अंकले बृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ विन्दुमा रहेको छ । नेप्सेमा ०.२४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.०६ अंकले बढेर ५०४.८९ विन्दुमा रहेको छ ।

यसदिन ५ वटा उपसमूहहरुमा हरियो लागेको छ । बाँकी रहेका ८ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३२८ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयरको कारोबारबाट करिब १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार २८९ रुपैयाँ १७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ३४ करोड ७२ लाख २३ हजार २ सय ७३ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनीको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै हिमालयन पावर पार्टनर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ८.८६ प्रतिशतले घटेको छ ।