४० अर्बको निक्षेप संकलनका लागि आज बोलकबोल

-



     सफल आवाज    
     भाद्र १९ गते २०८१ मा प्रकाशित



काठमाडौं, १९ भदौ । नेपाल राष्ट्र बैंकले आज ४० अर्बको निक्षेप संकलनका लागि बोलकबोल आव्हान गरेको छ ।

मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचना अनुसार तोकिएका शर्तहरुको पालना गरी २१ दिनको लागि निक्षेप संकलन गर्न लागिएको हो ।

यसका लागि आज दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । लगानीकर्ताहरू अनलाइन बिडिङ प्रणाली मार्फत बोलकबोल सहभागि हुन पाउनेछन् ।

यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गरिने भएको छ । साँवाब्याज भुक्तानी असोज ९ गते गरिने जनाइएकाे छ ।
बैंकले घटीमा रुपैयाँ १० करोड तथा बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल हाव्हान गरिएको रकमसम्म बोलकबोल गर्न सकिने जनाएकाे छ ।

यसलाई राष्ट्र बैंक बाहेकका अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरु मात्रै सहभागि हुन पाउने राष्ट्र बैंकले जनाएको छ ।