यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

-



     सफल आवाज    
     भाद्र २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

भारतीय रुपियाँ १ को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । अन्य मुलुसंगको विनिमय दर घटबढ भईरहने भएपनि भारतीय मुद्राको विनिमय दर सधैं स्थिर रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा रहेको छ । यूरो १ को खरिददर १४८ रुपैयाँ ५६ पैसा रहेको छ । बिक्रीदर १४९ रुपैयाँ २३ पैसा रहेको बैंकले जनाएको छ ।

बेलायाती पाउण्ड १ को खरिददर १७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७० पैसा रहेको छ । स्विस फ्रयांक १ को खरिददर १५८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७० पैसा रहेको छ ।

क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९९ रुपैयाँ १७ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर १०२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३५ पैसा रहेको छ ।

जापानीज येन रुपैयाँ १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेको छ । चाईनिज यूआज १ को खरिददर १८ रुपैयाँ ९१ पैसा बिक्रीदर १९ रुपैयाँ ९९ पैसा रहेको छ ।

आजको मूल्यसूची :