सुनचाँदीको भाउमा सामान्य बृद्धि

-



     सफल आवाज    
     भाद्र २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ भदौ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ सामान्य रुपले बढेको छ

यसदिन छापावाल सुनमा रुपैयाँ १ सयले बढेको छ भने चाँदीको भाउमा रुपैयाँ ५ ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।