सुन तोलामा रु १ हजारले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     भाद्र २६ गते २०८१ मा प्रकाशित



काठमाडौं, २६ भदौ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

छापावाल सुनमा रुपैयाँ १ हजारले भाउ बढेको छ । चाँदीमा रुपैयाँ १५ ले भाउ बढेको महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ हजारले भाउ बढेर तोलाको १ लाख ५३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो