रोकिएन नेप्सेको ओरालोको यात्रा, करिब ७ अर्बको कारोबार

-



     सफल आवाज    
     भाद्र २६ गते २०८१ मा प्रकाशित



काठमाडौं, २६ भदौ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारकाे ओरालोको यात्रा कायम छ । जसका कारण लगानीकर्ता मारमा परेका छन।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा झरेको छ । नेप्सेमा ०.८६ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ४.३० अंकले घटेर ४६३.०७ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३१७ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयरको खरिदबिक्रीबाट ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँ १८ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सिइिडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३४ करोड ७३ लाख ६ हजार ८८५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै एशियन हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ६.८८ प्रतिशतले घटेको छ ।