के नबिल र सिद्धार्थ बैंक मर्ज हुँदैछन् ? यस्तो छ वास्तविकता

-



     सफल आवाज    
     पौष १० गते २०७७ मा प्रकाशित



काठमाडौं, १० पुस । केहि दिन अघि नबिल बैंकसँग सिद्धार्थ बैंकको बिग मर्जर हुँदैछ भनेर एउटा हल्ला फैलियो । जसको असर शेयर बजारसम्म राम्रै पर्यो । यो विषयले वित्तीय बजारमा राम्रै चर्चा पायो । तर यो केवल सत्य नभएर हल्लामात्रै भएको पाइएको छ ।

सिद्धार्थ बैंकले मर्जर तथा एक्विजिसन सम्बन्धी समाचारमा कुनै आधिकारिकता नभएको जनाएको छ । केही सञ्चार माध्यममा सिद्धार्थ बैंक र अन्य केही संस्थाबीच मर्जर तथा एक्विजिसन हुन लागेका खबरहरु प्रकाशन भएका भन्दै त्यसमा आफ्नो गम्भीर ध्यानकर्षण भएको बैकले बताएको छ ।

सिद्धार्थ बैंकसँग जोडिएर आएका मर्ज तथा एक्विजिसन सम्बन्धी समाचारहरुमा आधिकारिकता नभएको पनि उसले स्पष्ट पारेको छ । शेयर बजारमा चलखेल हुन शुरु भएपछि बैंकले नेपाल स्टक एक्सचेञ्जलाइ पत्राचार नै गरेर हल्ला निराधार भएको बताएको छ । हेर्नुस् पत्रः