सुनको भाउ हालसम्मकै उच्च, तोलाको १ लाख ५६ हजार ३ सय

-



     सफल आवाज    
     भाद्र २८ गते २०८१ मा प्रकाशित



काठमाडौं, २८ भदौ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ हजारले बढेको जनाएको छ । चाँदीमा रुपैयाँ ६५ ले बढेको छ ।

छापावाल सुनमा एकैदिन रुपैयाँ ३ हजारले बढेर तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ६५ ले बढेर तोलाको १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।