
पोखरा, २८ भदौ । पोखराको जेठो व्यवसायीक संस्था पोखरा उद्याेग वाणिज्य संघको ३५ औं अधिवेशन आजबाट शुरु भएको छ । शनिबार भोलि नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ ।
संघको नयाँ नेतृत्वका लागि हालका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की अध्यक्षका प्रत्यासी रहेका छन् । उनी बिगत २०५५ सालदेखि संघमा प्रत्यक्ष परोक्ष आवद्ध भई लामो अनुभव भएका उम्मेदवार हुन् । यस्तै अर्का उम्मेदवार अर्जुन पोखरेल अध्यक्षको प्रतिष्पर्धामा चुनावी मैदानमा उत्रिएका छन् ।
अध्यक्षका प्रत्यासी पोखरेल अघिल्लोपटक ३४ औं महाधिवेशनमा पवन प्रजापतिसंग अध्यक्षको प्रतिष्पर्धामा हारेका थिए ।यसपालि उनले अध्यक्ष आफ्नो पकडमा लिने कसरत गरिरहेका छन् भने अर्का उम्मेदवार कार्किले आफु स्वभावत वरिष्ठ उपाध्यक्ष भईसकेकोले प्राकृतिक रुपमा र प्राकृतिक न्यायको सिद्धान्तले अध्यक्षको दाबेदार रहेको बताईरहेका छन् ।
आगामी नयाँ कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम, कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध भईसकेका छन् । तर उनीहरुको आधिकारी घोषणा भएको छैन ।
यस्तै उपमहासचिवमा हालका कार्यसमितिका सदस्य बालकृष्ण कोईराला र सुदिप प्रधानाङ्बीच प्रतिष्पर्धा हुने भएको छ । कर्पोरेट सदस्यमा बन्दना केसी, रामप्रसाद कडेल निर्विरोध भएका छन् । औद्योगिक सदस्यमा एकनारायण गौतम निर्विरोध भएका छन् । ४ जना बस्तुगत सदस्यका लागि ७ जनाको उम्मेदवारी परेको छ । उनीहरुमा पृथ्वीराज तिमिल्सिना, दुर्गा वराल, नविन नापित, पूर्णशोभा गुरुङ, सूर्यराज घिमिरे, दीपेन्द्र कोईराला र लालप्रसाद ढकाल रहेका छन् ।
यस्तै १० जना कार्यसमिति सदस्यका लागि देवेन्द्र प्रजु, टीकाराम सुवेदी, ललितजंग कुँवर, भीम गौतम, प्रेमप्रसाद सुवेदी, सौगात थापा, यादवप्रसाद पोखरेल, जीवनप्रकाश श्रेष्ठ, दूधमान गुरुङ, लेखनाथ सुवेदी, रामचन्द तिमिल्सिना, विष्णुप्रसाद तिमिल्सिना, विनोद केसी र प्रदीपराज राजभण्डारीको उम्मेदवार परेको निर्वाचन समितिले जानकारी दिएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




