व्यवसायीलाई पलायन हुनबाट रोक्ने पोउवा संघले नै हो : कार्की

-



     सफल आवाज    
     भाद्र २८ गते २०८१ मा प्रकाशित



पोखरा, २८ भदौ । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पछिल्लो समयमा व्यवसायीहरुको व्यवसायबाट पलायन हुने क्रम बढ्दै गएकाले त्यसलाई रोक्न पहल गर्नुपर्ने बताएका छन् ।

पोउवा संघको ३५ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै कार्कीले व्यवसायी पलायन हुँदा सटरहरु खाली हुँदै गइरहेको र यसको समाधान संघले गर्न सक्ने बताए ।

संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदका उम्मेदार समेत रहेका कार्कीले संघ सधैं उद्योगी र व्यवसायीको अधिकारका लागि अघि बढिरहेको संस्था रहेको र यसको गरिमा घट्दै गएको कारण त्यसको साख जोगाउन समेत अत्यावश्यक रहेको बताए ।

उद्योगी तथा व्यवसायीसँग राज्यले विभिन्न बहानामा करा उठाउँदै आएको र त्यसका लागि संघले वुलन्द आवाज उठाउन अत्यावश्यक रहेको उनको भनाइ थियो ।

कार्कीले आफु नेतृत्वमा आए निजि क्षेत्रको समस्याका बारेमा राज्यलाई खबरदारी गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । संघ व्यवसायको क्षेत्रमा मात्रै नभई सामाजिक क्षेत्रमा समेत अग्रसर रहेकोले सबैको उत्थानका लागि लागेको सुनाउँदै आगामि दिनमा समेत त्यसरी नै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा पर्यटकीय राजधानी भएपश्चात अब पोखराबाटै अन्तर्राष्ट्रिय उडान हुनुपर्ने भएतापनि भ्रष्टाचार लगायतका विभिन्न कारणले उडान हुन सकेको छैन् । यस्तै गण्डकी प्रदेशमा चिन र भारतबाट समेत सोझै सामानहरु आयात निर्यात गर्ने वातावरण बनाउने र कोरला नाकाका बारेमा सक्दो चाडो छलफल गरि अघि बढ्ने कार्कीले बताए ।

नले पोखरालाई व्यावसायीक केन्द्रको रुपमा विकास गर्नका लागि सुख्खा बन्दरगाह तथा स्तरिय बसपार्कहरु बनाउन आवश्यक भएको बताएका छन् ।