
पोखरा, २९ भदौ । पोखराको जेठो व्यावसायीक संस्था पोखरा उद्योग वाणिज्य संघको ३५ औं अधिवेशनमा आज मतदान हुँदैछ । संघको नयाँ नेतृत्वका लागि हालका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कि अध्यक्षका प्रत्यासि रहेका छन् ।
कार्कि बिगत २०५५ सालदेखि संघमा प्रत्यक्ष परोक्ष आवद्ध भई लामो अनुभव भएका उम्मेदवार हुन् । यस्तै अर्का उम्मेदवार अर्जुन पोखरेल अध्यक्षको प्रतिष्पर्धामा चुनावी मैदानमा उत्रिएका छन् ।
अध्यक्षका प्रत्यासि कार्कि हालका संघका वरिष्ठ उपाध्यक्ष हुन् । पोखरेल अघिल्लो पटक ३४ औं महाधिवेशनमा पवन प्रजापतिसंग अध्यक्षको प्रतिष्पर्धामा पछि परेका थिए । उनी महासचिव थिए ।
यसपालि उनले अध्यक्ष आफ्नो पकडमा लिने कसरत गरिरहेका छन् । साथै जित हुनेमा विश्वस्त रहेको बताएका छन् । अर्का उम्मेदवार कार्किले आफु स्वभावतः वरिष्ठ उपाध्यक्ष भईसकेकोले प्राकृतिक रुपमा र प्राकृतिक न्यायको सिद्धान्तले अध्यक्षको दाबेदार रहेको बताएका र जित सुनिश्ति भएको बताएका छन् ।
आगामी नयाँ कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम, कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध भईसकेका छन् । तर उनीहरुको आधिकारी घोषणा भएको छैन ।
यस्तै उपमहासचिवमा हालका कार्यसमितिका समदस्य बालकृष्ण कोईराला र सुदिप प्रधानाङ्बीच प्रतिष्पर्धा हुने भएको छ ।
कर्पोरेट सदस्यमा बन्दना केसी, रामप्रसाद कडेल निर्विरोध भएका छन् । औद्योगिक सदस्यमा एकनारायण गौतम निर्विरोध भएका छन् ।
४ जना बस्तुगत सदस्यका लागि ७ जनाको उम्मेदवारी परेको छ । उनीहरुमा दुर्गा वराल, नविन नापित, पूर्णशोभा गुरुङ, पृथ्वीराज तिमिल्सिना, सूर्यराज घिमिरे, दीपेन्द्र कोईराला र लालप्रसाद ढकाल रहेका छन् ।
यस्तै १० जना कार्यसमिति सदस्यका लागि देवेन्द्र प्रजु, टीकाराम सुवेदी, ललितजंग कुँवर, भीम गौतम, प्रेमप्रसाद सुवेदी, सौगात थापा, यादवप्रसाद पोखरेल, जीवनप्रकाश श्रेष्ठ, दूधमान गुरुङ, लेखनाथ सुवेदी, रामचन्द तिमिल्सिना, विष्णुप्रसाद तिमिल्सिना, विनोद केसी र प्रदीपराज राजभण्डारीको उम्मेदवार परेको निर्वाचन समितिले जानकारी दिएको छ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




