
काठमाडौं, ३० भदाै । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर खुफाउनका लागि प्रस्ताव पारित गर्न असोज २१ गते वार्षिक साधारण सभा डाकेकाे छ । कम्पनीले दुइ आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेकाे हाे ।
कम्पनीले नाफाबाट बोनस सेयर वितरण गर्ने र हकप्रद सेयर खुलाउने भएकाे छ । अघिल्ला दुइ आर्थिक वर्षको नाफाबाट कम्पनीले ११ प्रतिशत बोनस सेयर वितरण गर्ने भएकाे छ । साे सेयर वितरणपछि ५४.५ प्रतिशत हकप्रद सेयर खुलाइने भएकाे छ ।
सभाले प्रस्ताव पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिने भएकाे छ । यसका लागि सभा काठमाडाैं कालिमाटीमा रहेकाे कालिमाटी ब्यांक्वेटमा बिहान १० बजेदेखि बाेलाइएकाे छ ।
सभाबाट अघिल्लो दुइ आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान तथा अन्य वित्तीय एजेण्डाहरूमाथि छलफल गरि पारित गरिने भएकाे छ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षकाे नियुक्ति गर्ने र पारिश्रमिक ताेकिने भएकाे छ ।
कम्पनीले साधारण सभाकेा प्रयोजनका लागि असोज ७ गते बुक क्लोज गर्ने बताएकाे छ । लाभांश पाउनका लागि सेयरधनीहरूले असोज ६ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




