नेप्से ५०.७३ अंकले घट्याे, कारोबार १० अर्ब ३३ करोडमा सिमित

-



     सफल आवाज    
     भाद्र ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० भदौ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा भारि गिरावट भएको छ । पूर्वार्धको समयमा सकारात्मक बनेको भएपनि बजार बन्द हुँदाको समयमा भने ५०.७३ अंकको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा झरेको छ । नेप्सेमा १.८८ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ७.८१ अंकले घटेर ४६८.६५ विन्दुमा रहेको छ ।

यसदिन सम्पूर्ण सूचकहरु राताम्मै भएका छन् । कुल ३२४ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयरको खरिदबिक्रीबाट १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ रुपैयाँ ४५ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सिएचडिसि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको रुपैयाँ ६४ करोड ३८ लाख ६६ हजार ७८० रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै रिभरफल्स पावर लिमिटेडको सेयमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।