आँखुखोला जलविद्युतको हकप्रद बाँडफाँड, बाँकी साढे १७ लाख कित्ता सेयर लिलाम बिक्रीमा

-



     सफल आवाज    
     भाद्र ३१ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३१ भदाै । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडकाे हकप्रद सेयर बाँडफाँड गरिएकाे छ। कम्पनीले गएकाे असार ३१ गतेसम्म कायम रहेका सेयरधनीहरुका लागि १ बराबर १.५ काे रेसियाेमा जारी गरेकाे हकप्रद सेयर बाँडफाँड गरेको हो।

साे सेयर रुपैयाँ १०० अंकित दरकाे १ करोड २० लाख कित्ता खुलाइएकाे थियाे । सो सेयरका लागि आवेदन पेश गरेका ४१ हजार ३६२ जनालाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता आइतबार बाँडफाँड गरिएकाे हाे । बाँडफाँड हुन बाँकी रहेकाे १७ लाख ५० हजार २४८ कित्ता सेयर लिलाम बिक्रीमा ल्याइने भएकाे छ।

कम्पनीले बाँडफाँडमा नपरेको हकप्रद बापतको रकम असोज ४ गतेबाट सम्बन्धित आवेदकहरुको बैंक खातामा जम्मा गरिदिने बताएकाे छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।