प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा

-



     सफल आवाज    
     असाेज २ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २ असाेज। प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा गरिएकाे छ । प्रभु बैंक लिमिटेड कोष प्रवर्धक र प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यी २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको हो ।

प्रभु क्यापिटलको भदो ३१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक २०८०-८१ का लागि २ वटै म्युचुअल फण्डका इकाईधनीहरुलाई लाभांश दिने निर्णय भएकाे जनाइएकाे छ।

बैठककाे निर्णय अनुसार प्रभु सेलेक्ट फण्डका इकाईधनीहरुलाई १० प्रतिशत र प्रभु स्मार्ट फण्डका इकाईधनीहरुलाई ८.५० प्रतिशत लाभांश (कर सहित) प्रदान गर्ने निर्णय गरेको बताइएकाे छ ।