नबिल बैंकको संस्थापक सेयर बिक्रीमा, यस्ताे छ दररेट

-



     सफल आवाज    
     असाेज २ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २ असाेज । नबिल बैंकले ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि उक्त संस्थापक सेयर बिक्रीमा राखेको जानकारी दिएकाे हाे ।  

सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी लगायत अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्ने बताइएकाे छ ।   सेयरको न्यूनतम मूल्य ३ सय ७ रुपैयाँ तोकिएको छ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम मूल्य वा सो भन्दा बढी मूल्य पेश गर्नुपर्नेछ ।  

सेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने बैकले जनाएकाे छ ।

शेयर खरिदका लागि २०८१ असोज १६ गतेसम्म आवेदन दिन सकिने भनिएकाे छ । खरिद गर्न इच्छुक लगानीकर्ताले काठमाडाैं कमलपोखरीको लक्ष्मी सनराइज क्यापिटलमा आवेदन दिनुपर्नेछ ।