
काठमाडौं, २ असोज । सेयर बजारको ओरालो लागेको यात्रा रोकिएको छैन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली सेयर बजारमा गिरावट भएको छ ।
दुई उपसमूह बाहेक जम्मैका सूचकांकहरु राताम्मै भएका छन् । यसका साथै कारोबकार रकम पनि घटेर साढे ५ अर्बको हाराहारीमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा झरेको छ । नेप्सेमा ०.१५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.१९ अंकले घटेर ४५९.९२ विन्दुमा झरेको छ ।
१३ उपसमूहहरुमध्ये दुईवटामा हरियो लागेको छ । बाँकी रहेका ११ वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन कुल ३२० कम्पनीहरुको सेयर कारोबार भएको छ ।
उनीहरुको १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयरको कारोबारबाट ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ रुपैयाँ ८८ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी सिएचडिसि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको २० करोड ५८ लाख ८ हजार ५८४ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ८.०८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ७.६७ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण… 




