
काठमाडौं, ४ असाेज । आँखुखोला जलविद्युत कम्पनीले अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्ने जनाएकाे छ। कम्पनीका अनुसार १ बराबर १.५ रेसियाेमा बिक्रीमा ल्याएकाे हकप्रदमा आवेदन नपरेको सेयर लिलाम बिक्रीमा ल्याउन लागिएकाे हाे ।
कम्पनीले लिलाम बिक्रीमा १७ लाख ५० हजार २४८ कित्ता हकप्रद बोलपत्रकाे माध्यमबाट बिक्री गरिने भएकाे हाे । उक्त सेयरमा असोज ११ गतेदेखि २० गतेसम्म लगानी गर्न चाहने व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र दिन सक्नेछन्।
प्रतिकित्ता मूल्य १०० रहेकाे छ। लगानी गर्न चाहनेहरुले ताेकिएकाे मूल्यभन्दा बढी मूल्य राखेर बाेलपत्र पेश गर्नुपर्नेछ। यसका लागि घटीमा १०० कित्ताका लागि आवेदन दिन पाइनेछ । बढीमा संख्याको लागि भने सिमा ताेकिएकाे छैन।
सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले बिक्री प्रबन्धक, नबिल बैंकका बिर्तामोड, विरगञ्ज, हेटौँडा, जावलाखेल, लेकसाइड पोखरा, नेपालगञ्ज, बराहताल (सुर्खेत) र धनगढी शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन्।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




